काठमाडौँ, ६ फागुन । सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले आजदेखि आफ्नो काम प्रारम्भ गरेको छ ।
समितिका अध्यक्ष काशीराज दाहालको अध्यक्षतामा बसेको सो बैठकले मन्त्रिपरिषद्को निर्णय बमोजिम सरोकार भएका र सम्बन्धित क्षेत्रका प्रतिनिधिसँग छलफल गरेर मात्र कार्य सम्पन्न गर्ने निर्णय गरेको छ । सरकारले समावेशिता र समानुपातिकतालाई सुनिश्चित गर्ने गरी आमसञ्चार नीति तयार गर्न निर्देश गरे बमोजिम सो समितिको आज पहिलो बैठक बसेको हो ।
सो समितिको कार्यालय सिंहदरबारस्थित सर्भिस सेन्टरको भवनमा रहने छ । प्रशासकीय अदालतका अध्यक्ष समेत रहनुभएका समितिका अध्यक्ष दाहालको अध्यक्षतामा गठित सो समितिमा सञ्चार क्षेत्रका २१ प्रतिनिधि रहनुभएको छ । रासस
No comments:
Post a Comment