काठमाडौँ, १५ फागुन । समाजसेवी मचाकाजी महर्जनको वार्षिक पुण्यतिथिका अवसरमा आज रानीबारीमा उहाँको सालिक अनावरण गरिएको छ ।
स्थानीय विकास निर्माण तथा समाजसेवामा सक्रिय महर्जनको परिवारले रानीबारीस्थित दक्षिणकाली मन्दिरमा निर्माण गरेको अर्धकदको सालिक महजोडीले अनावरण गरेको हो ।
कार्यक्रममा महजोडीले समाजसेवाका माध्यमबाट महर्जनले स्थानीय बस्ती, पूर्वाधार विकास र स्थानीय निर्माणका क्षेत्रमा गरेको योगदानले उहाँलाई नयाँ पुस्ताले सदैव स्मरण गर्ने बताउनुभयो ।
महर्जनकी छोरी निशाले त्यस क्षेत्रलाई अत्याधुनिक बनाउन विभिन्न पूर्वाधार निर्माण तथा स्थानीय दक्षिणकाली मन्दिर एकल खर्चमा निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
No comments:
Post a Comment