इलाम, २४ माघ । इलामको माइपोखरी–८ कोप्चे भन्ने स्थानमा आज एक युवकको शव फेला परेको छ । माइपोखरी–८ निवासी ३९ वर्षीय शुकबहादुर राई मृत अवस्थामा भेटिएका हुन् ।
गत माघ २० गते घरबाट निस्किएका राई तीन दिनदेखि हराइरहेका थिए । मानसिक सन्तुलनसमेत गुमाएका उनको शव स्थानीयले पोखरीमा डुबिरहेका अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । रासस
No comments:
Post a Comment