काठमाडौँ, २४ माघ । स्वीस भूर्भविद् टोनी हेगनले सन् १९५० को दशकमा खिचेका नेपाली परिवेशका तस्बिरहरुको प्रदर्शनी आज यहाँ सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्डमा यही माघ २१ गतेदेखि सुरु भएको सो प्रदर्शनीमा राखिएको तस्बिरले तत्कालीन नेपाललाई प्रतिविम्बित गरेको छ । प्रदर्शनीमा उनले खिचेका ५४ वटा तस्बिरका साथै तस्बिर खिच्न प्रयोग गरिएको क्यामेरासमेत राखिएको थियो ।
नेपालको १२ वर्षे बसाइँका क्रममा १४ हजार किमी हिँडेरै विभिन्न स्थान र त्यहाँको सामाजिक, सांस्कृतिक र धार्मिक परिवेशलाई नियाल्न सफल हेगनले नेपालसम्बन्धी तस्बिर र लेखनमार्फत विश्वलाई नेपालसँग परिचित गराउन योगदान पु¥याएका थिए ।
उनको तस्बिरमा तत्कालीन वाग्मती नदीको अवस्थादेखि त्यहाँ वरपरको वातावरण र स्थानीयवासीको झल्कोसमेत देख्न पाइन्छ । पर्यटन बोर्डले हरेक अङ्ग्रेजी महिनाको पहिलो शुक्रबार, शनिबार र आइतबार विभिन्न फोटोग्राफरले खिचेका नेपाल झल्काउने फोटोको प्रदर्शनी थालेको र त्यसको सुरुवात टोनी हेगनको तस्बिरबाट गरिएको बोर्डका अधिकृत सुदन सुवेदीले जानकारी दिनुभयो ।
उक्त प्रदर्शनीको उद्घाटन टोनीका छोरी क्याट्रिनाले गरेकी थिइन् । हेगनले गोरखा दक्षिणबाहु र मानार्थ नेपाली सम्मान पाइसकेका छन् । रासस
No comments:
Post a Comment