भद्रपुर, २ फागुन । निर्वाचन आयोगद्वारा आज यहाँ आयोजित निर्वाचन प्रक्रियामा लैङ्गिक तथा समावेशीसम्बन्धी अभिमुखीकरण एवम् अन्तक्र्रिया कार्यक्रमको आयोगका निमित्त प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले उद्घाटन गर्नुभयो ।
एकदिने सो कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सञ्चारकर्मी गरी करिब ४० जनाको सहभागिता थियो ।
वर्तमान संविधान निर्वाचनसम्बन्धी भएको व्यवस्था र निर्वाचनमा अत्यधिक सहभागिता बढाउन जानकारी दिने उद्देश्य रहेको सो कार्यक्रममा आयोगका सहसचिव सूर्यप्रसाद अर्यालले आयोगको नीति तथा रणनीति, नेपालको संविधानमा निर्वाचन लैङ्गिक तथा समावेशीकरणसम्बन्धी व्यवस्था विषयमा आआफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा सभापतिको आशनबाट प्रमुख आयुक्त डा यादवले संविधानमा सुनिश्चित गरेको व्यवस्थाभन्दा आयोगले अन्य कार्य गर्न नसक्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा, जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोपाल आचार्यलगायतले बोल्नुभएको थियो । रासस
No comments:
Post a Comment