Sunday, February 14, 2016

देशभर सङ्गठन सुदृढीकरणका लागि आग्रह

काठमाडौँ, २ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का अध्यक्ष कमल थापाले पार्टीका वरिष्ठ केन्द्रीय सदस्य हरिनारायण यादवलाई पार्टीको केन्द्रीय उपाध्यक्षमा नियुक्त गर्नुभएको छ ।

उपाध्यक्ष यादवको सम्मानमा पार्टी कार्यालय धुम्रबाराहीमा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री समेत रहनुभएको कमल थापाले पार्टीले हिमाल, पहाड र तराईमा समान महत्व दिएको बताउँदै यादवको नियुक्तिले पार्टीलाई समावेशी बनाउन सहयोग मिल्ने बताउनुभयो ।

उहाँले स्थानीय निकायको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुबीच छलफल भइरहेको बताउँदै पार्टीका नेता तथा कार्यकर्ता देशभर सङ्गठन सुदृढीकरणका लागि लाग्न आग्रह गर्नुभएको पार्टीका नेता देवेन्द्र प्रधानले जानकारी दिनुभयो ।

नवनियुक्त उपाध्यक्ष यादव सिराहका हुनुहन्छ । अब पार्टीमा उपाध्यक्षको सङ्ख्या चार पुगेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts