Saturday, February 13, 2016

ट्रायथोलनतर्फ नेपाललाई कास्य

गुवाहटी, (भारत), १ फागुन । जारी १२ आँैं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको ट्रायथोलनतर्फ नेपालले आज कास्य पदक जितेको छ ।
पहिलो पल्ट समावेश भएको दक्षिण एसियाली खेलकुद(साफ)मा पौडी ७५० मि, साइक्लिङ २० किमी र दौड पाँच किमीको खेलमा रोजा केसीले सफलता हासिल गरेकी हुन् । उनले एक घन्टा १६ मिनेटको समय लगाइन् । नेपालकी अर्की प्रतिस्पर्धी यमकुमारी घले पाँचौंँ स्थानमा रहिन् । उनले एक घन्टा २० मिनेट २९ सेकेन्डमा सबै पूरा गरेकी थिइन् ।

सो खेलमा स्वर्ण र रजत भारतीयले जितेका थिए । पल्लवी रेतिवालले एक घन्टा ११ मिनेट ५७ सेकेन्डबाट स्वर्ण र पूजा चौरसियाले एक घन्टा १२ मिनेट ३६ सेकेन्डबाट रजत पदक जितेका थिए ।

पुरुषतर्फ नेपालका रुद्र कटवाल र टीकाराम थापा पुछारको दुई स्थान (पाँचौंँ र छैटाँैं) मा रहेका थिए । सो पदकसँगै नेपालले पाउने पदकको सङ्ख्या ३४ पुगेको छ । तीमध्ये एक स्वर्ण, १२ रजत र २१ कास्य नेपाललले जितेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts