Friday, February 12, 2016

उपप्रम थापासँग रु आठ लाख बढी नगद

काठमाडौँ, २९ माघ । उपप्रधानमन्त्री कमल थापासँग विभिन्न बैंकमा गरी रु आठ लाख पाँच हजार नगद रहेको छ ।

उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा यही माघ २८ गते बुझाएको आफ्नो सम्पत्ति विवरणमा काठमाडौँमा ११ आनाको पैतृक जग्गा र पत्नी प्रलिताका नाममा स्थायी निवास रहेको मकवानपुरमा स्वआर्जनको पाँच कठ्ठा रहेको उल्लेख छ ।

त्यस्तै उहाँसँग सुनको गहना ११० र चाँदीका सामान ३०० तोला छ । दुवै पैतृक र स्वआर्जन गरी कमाएको बताइएको उल्लेख छ । उपप्रधानमन्त्री थापाको सवारी साधनमा रु १८ लाख पर्ने ल्यान्डक्रुजर गाडी र रु २७ लाखको फियर कार छन् ।

अर्थराज्यमन्त्रीको पाँच तोला सुन
त्यस्तै अर्थराज्यमन्त्री दामोदर भण्डारीकी श्रीमती कवितासँग पाँच तोला सुन रहेको तथा उहाँको दुई बैंकमा गरी चार लाख रु ७० हजार रहेको सम्पत्ति विवरणमा उल्लेख छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts