Friday, February 26, 2016

कोष स्थापनार्थ महायज्ञ

इटहरी, १४ फागुन । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ स्थितसर्वेश्वर ( शिवालय मन्दिर सञ्चालनका लागि कोष स्थापना गर्ने उद्देश्यले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको आजबाट शुभारम्भ गरिएको छ ।

महायज्ञको उद्घाटन गर्दै भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले हिन्दु धर्म संस्कार संस्कृति र परम्परामा हुर्किएको नेपाली समाजलाई पाश्चात्य धर्म संस्कार संस्कृतिले विस्तारै प्रलोभनमा पारेर धर्मप्रति प्रहार भइ रहेका बेला गाउँ टोलमा यस प्रकारको हिन्दु जागरणका लागि पुराणको आयोजना हुनु सुखद् पक्ष भएको उल्लेख गर्नुभयो ।

शिव मन्दिरको प्राचीनता र ऐतिहासिक महत्वलाई जीवन्त राख्दै सञ्चालनमा सहजता होस भनेर कोष स्थापनार्थ महायज्ञ आयोजना गरिएको मन्दिर सञ्चालक समितिले जानकारी दिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts