Friday, February 26, 2016

मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्छ : डा भट्टराई

पथरी (मोरङ), १४ फागुन । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले मुलुकलाई विकास र आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताउनुभयो ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा भट्टराईले भन्नुभयो, “राजनीतिक विषयमा विवाद गर्नुभन्दा आर्थिक विकासमा लाग्नुपर्छ ।” मुलुकलाई आर्थिक विकासको चरणमा प्रवेश गराउनु पर्ने बताउँदै भट्टराईले सीमाङ्कन विवादसमेत वार्ताबाट मिलाउन मधेसी मोर्चालाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “वार्ताबाट विवाद मिलाउनु होस् आन्दोलनबाट होइन ।” संविधान संशोधन गरेर भए पनि सीमाङ्कनको विषय टुङ्ग्याउनुपर्ने उहाँको सुझाव छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts