इनरुवा, ११ फागुन । जिल्ला कृषि विकास कार्यालय सुनसरीले जिल्लामा चालु आर्थिक वर्ष २०७२÷७३ का लागि चैते धानखेती प्रवद्र्धन सुरु गरेको छ ।
चैते धानखेतीको उत्पादन क्षेत्र विस्तार तथा उत्पादकत्व वृद्धिका लागि वृहत्तर धान उत्पादन कार्यक्रम सुरु गरेको कार्यालयले जनाएको छ ।
चैते धानखेती प्रद्धर्धन कार्यक्रम अन्तर्गत जिल्लामा चैते धानको उच्च उत्पादनको सम्भाव्य क्षेत्र निर्धारण सुनसरी मोरङ सिँचाइ आयोजनाको समन्वयमा सम्पन्न भइसकेकाले यस जिल्लामा चैते धानको क्षेत्रफल तथा उत्पादकत्व विस्तार गर्ने उद्देश्यले कार्यक्रम सुरु गरेको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ ।
आर्थिक वर्ष २०७१÷७२ मा जिल्लामा चैते धानको उत्पादन तीन हजार हेक्टर क्षेत्रफलमा गरिएकोमा आर्थिक वर्ष २०७२÷७३ मा चार हजार हेक्टर क्षेत्रफलमा पु¥याउने लक्ष्य रहेको कार्यालयका प्रमुख डा रवीन्द्रनाथ चौवेले जानकारी दिनुभयो ।
चैते धानको मूल्य नै कम रहेको किसानको गुनासोलाई पनि मध्यनजर गर्दै जिल्लास्तर समन्वय समितिमा छलफल गरिएको र न्यूनतम मूल्य कायम गर्न उद्योग वाणिज्य सङ्घ सुनसरीले पहल गर्ने उद्योग वाणिज्य सङ्घका कृषि सदस्य श्रीप्रमोद आचार्यले जानकारी दिनुभयो ।
जिल्ला कृषि विकास कार्यालयले यस्ता किसिमका कार्यक्रम सञ्चालन गर्दा चामल आयात कटौती गर्न सकिने र खाद्य सम्प्रभूतातर्फ पुग्न सक्नेमा निश्चित रहेको जिल्लाका वरिष्ठ कृषि विकास अधिकृत डा चौबेले बताउनुभयो । रासस
No comments:
Post a Comment