Tuesday, February 23, 2016

मकैको बीउ वितरण गरिँदै

पाँचथर, ११ फागुन । जिल्लालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले किसानललाई उन्नत् जातको मकैको बीउ वितरण गर्न थालेको छ ।

बृहत्तर मकै उत्पादन कार्यक्रम र कृषिप्रसार कार्यक्रमअन्तर्गत मकैैको बीउ वितरण गरिएको हो । जिल्ला कृषि विकास कार्यालयका नायब प्राविधिक सहायक नरहरी निरौलाका अनुसार फिदिम नगरपालिका, याङनाम, भारपा, यासोक, रानीगाउँ, स्याबरुम्बा क्लस्टरका तीन हजार ५०० किसानलाई मनकामना ३, अरुण २ र रामपुर कम्पोजिट जातको १५ मेट्रिक टन बीउ वितरण गरिँदैछ ।

गत वर्ष तीन हजार किसानलाई १२ हजार मेट्रिक टन मकैको बीउ वितरण गरिएको थियो । कृषिप्रसार कार्यक्रमअन्तर्गत जिल्लाका कलस्टरबाहेक अरु गाविसमा मकैको बीउ वितरण गरिँदैछ । प्रति रोपनी एक किलोका दरले उक्त बीउ वितरण गरिरहेको कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts