Wednesday, February 10, 2016

कोइरालाको अनुपस्थितिमा पनि संविधानको कार्यान्वयन र शान्ति प्रक्रिया अघि बढाउँछौँ : भट्टराई

गोरखा, २७ माघ । नेपाली काँग्रेस सभापति सुशील कोइरालाको निधनले दुःखी तुल्याएको बताउँदै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोइरालाको नेतृत्वमा जारी गरिएको नयाँ संविधानको कार्यान्वयन गरिने बताउनुभएको छ । संविधानको कार्यान्वयन गर्दै देशलाई शान्ति, स्थायित्व र समृद्धितर्फ लगिने उहाँको भनाइ छ ।

आज गोरखामा आयोजित पत्रकार सम्मेलनमा डा भट्टराईले जारी भएको संविधानमा मधेसी, थारुलगायत समुदायको अधिकार सुनिश्चित नभएको धारणा राख्दै संविधान संशोधन गरेर भए पनि देशमा शान्ति ल्याउने बताउनुभयो ।

एमाओवादीलाई ‘थोत्रो गाडी’ को सङ्ज्ञा दिँदै डा भट्टराईले नयाँ शक्ति नयाँ गाडी भएको दाबी गर्नुभयो । बेपत्ता छानबिन आयोग गठन भए पनि त्यसले बेपत्ताजनको परिवारले चाहेजस्तो छिटो काम गर्न नसकेको भट्टराईको टिप्पणी छ । आफू जनताको सेवक भएको भन्दै उहाँले भन्नुभयो– “जनप्रतिनिधि सधैँ जनताको सेवक हुन् । जब मालिक र नेता बन्छन् उनीहरु जनप्रतिनिधि हुँदैनन् ।”
रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts