काठमाडौँ, २८ माघ । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले आज अमलेखगन्जस्थित नेपाली सेनाको प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयको निरीक्षण भ्रमण गर्नुभयो ।
निरीक्षण भ्रमणका क्रममा रक्षामन्त्री रावललाई उक्त शिक्षालयका शिक्षा अधिकृत महासेनानी अशोकराज सिग्देल क्षत्रीले शिक्षालयको वर्तमान गतिविधिको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
त्यसैगरी रक्षामन्त्री रावलले हाल उक्त शिक्षालयमा तालिमरत स्वदेशी तथा विदेशी प्रशिक्षार्थी अधिकृतलाई तालिमको महत्वको विषयमा केन्द्रित रही सम्बोधन गर्नुभएको थियो ।
उक्त निरीक्षण भ्रमणमा मध्य पृतना हेड क्वाटरका सहायक पृतनापति सहायक रथी जितबहादुर गुरुङलगायत अन्य अधिकृतको सहभागिता रहेकोे थियो । रासस
No comments:
Post a Comment