Friday, February 12, 2016

समृद्ध नेपाल निर्माणकालागि मार्गचित्र छिट्टैे :मन्त्री राई

काठमाडौँ, २९ माघ । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले समृद्ध नेपाल निर्माणका लागि सरकारले छिट्टै मार्गचित्र प्रस्तुत गर्ने जानकारी दिनुभएको छ ।

‘स्वाभिमान नेपाल’ नामक मासिक पत्रिकाको पाँचौँ अङ्क लोकार्पण समारोहमा आज उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारत र चीनको भ्रमणपछि दुवै देशको सम्बन्धलाई मजबुत बनाएर राष्ट्र निर्माणको मार्गचित्र प्रस्तुत गर्ने तयारी भइरहेको बताउनुभयो ।

विदेश भ्रमणका क्रममा प्रधानमन्त्रीबाट राष्ट्रलाई असर पर्ने कुनै पनि विषयमा सम्झौता नहुने उल्लेख गर्नुभएका मन्त्री राईले राष्ट्र निर्माणमा सबै दललाई एक ठाउँमा उभिन आग्रह गर्नुभयो ।

सरकारले सञ्चार नीतिलाई व्यवस्थित गर्न लागेको जानकारी दिँदै उहाँले अबको सञ्चार नीति सशक्त खम्बाको रुपमा आउने पनि बताउनुभयो ।

सो पत्रिकामा लेखिएका अघिल्ला अङ्कको लेखबारे विश्लेषण गर्दै संविधानविद् डा भीमार्जुन आचार्यले संविधान जारी भएपछि भएको नाकाबन्दी संविधान संशोधन भएपछि खुल्ला हुनु रहस्यमय भएको चर्चा गर्दै यस्ता घटनाले भारतमाथिको परनिर्भरतालाई अझ बलियो बनाएको छ भन्नुभयो ।

संविधान निर्माणका क्रममा भएका विद्रोह, सङ्घीय राज्यको माग, संविधान संशोधनजस्ता विषय प्रायोजित भएको आशङ्का पनि उहाँले व्यक्त गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले यस मासिक पत्रिकाले असल पत्रकारिताको काम गरेको उल्लेख गर्दै कुनै पनि लेखकले लेख लेख्दा आवरणमा मात्र सीमित नरही गहिराइमा पुगेर चुरो समात्न सके त्यसबाट समाजलाई सही सन्देश दिन सकिने उल्लेख गर्नुभयो ।

राजनीतिक विश्लेषक भरत दाहालले भारतको सिमानाले नछुने नेपालको लिपुलेकका विषयमा आएका केही वक्तव्यवाजी र नेपालका शासकको मौनताले तिनमा देशभक्तिको भावना नभएको आरोप लगाउनुभयो ।

सुनचाँदी व्यवसायी मणिरत्न शाक्यले सङ्घीयताको विषयलाई खिचलो बनाएर समाधानको साटो समस्यामा नै छाडिएको छ भन्दै मुलुकलाई परावलम्बी बनाई सरकारले स्वदेशी उत्पादनलाई तहसनहस बनाएर विदेशी उत्पादनलाई प्राथमिकता दिएको गुनासो गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts