काठमाडौँ, १ फागुन । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पककमल दाहालले जनयुद्ध र जनान्दोलनबाट प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिको दिशामा अगाडि बढ्न नेपाली जनतालाई आग्रह गर्नुभएको छ ।
तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र सङ्घर्ष सुरु गरेको २१ वर्ष पुगेको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले पुँजीवादी जनवादी क्रान्तिका मूलभूत कार्यभार पूरा भएकाले अब समाजवादी क्रान्तिको नयाँ चरणमा नेपाली समाजलाई पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
सन्देशमा भनिएको छ ‘‘ नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताको रक्षाको महत्वलाई आत्मसात् गर्दै वर्ग सङ्घर्ष, उत्पादन सङ्घर्ष र वैज्ञानिक प्रयोगका लागि सम्पूर्ण क्रान्तिकारी शक्ति एक ठाउँमा उभिनु अनिवार्य छ ।’’ रासस
No comments:
Post a Comment