Saturday, February 13, 2016

समयको सदुपयोग होस्ः महतो

काठमाडौँ, १ फागुन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अहिलेको समयलाई सही ढङ्गले सदुपयोग गर्न सरकार र प्रमुख राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

रिपोर्टर्स क्लबद्वारा यहाँ आजोजित साक्षात्कारमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सद्भावना अध्यक्ष महतोले आन्दोलनका कार्यक्रम जारी रहेको र त्यसको स्वरुप मात्र परिवर्तन भएको उल्लेख गर्दै समस्या समाधानतर्फ गम्भीर हुन आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “आन्तरिक समस्या समाधान गरेर जाँदा कूटनीतिक भ्रमणमा राम्रो सन्देश जान्छ, मधेसी जनताको भावनालाई कदर गरी सकारात्मक समाधान खोज्न पहल गरियोस् । ” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts