Saturday, February 20, 2016

काँग्रेस पनि सरकारमा आउँछ– सचिव भट्टराई

पाँचथर, ८ फागुन । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेपाली काँग्रेस पनि विस्तारै सरकारमा सामेल हुने बताउनुभएको छ ।

पाँचथरको फिदिममा आज रासससँग कुराकानी गर्दै उहाँले नेपाली काँग्रेसको १३औँ महाधिवेशनपछि काँग्रेससमेतको सहभागितामा एमाले नेतृत्वको सहमतीय सरकार बन्ने बताउनुभएको हो । विगतमा एमालेको नेतृत्वमा सहमतीय सरकार बनाउने सहमति भए पनि काँग्रेस प्रतिपक्षमा बस्दा जटिलता बढेको उहाँको भनाइ थियो ।

अब सबै दल एक ठाउँमा नउभिए नयाँ संविधानको कार्यान्वयनमा लैजान चुनौती थपिने बताउनुभयो । यस्तै, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले दुई देशमा देखिएको सम्बन्ध समधुर बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । अहिलेको भ्रमण ठूलो उपलब्धि हात पार्नेभन्दा पनि चिसिएको सम्बन्धलाई अघि बढाउनेमात्रै भएको पनि उहाँले उल्लेख गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts