रामेछाप, ८ फागुन । नेपाली काँग्रेस रामेछापको जिल्ला सभापतिमा लवश्री न्यौपाने विजयी हुनुभएको छ ।
उहाँले ३१० मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी अर्जुनकुमार केसीले जम्मा २७७ मत ल्याउनुभयो । पहिलो चरणमा न्यौपाने, केसीसहित कृष्णबहादुर महत प्रत्यासी थिए । तीन जनामध्ये बढी मत ल्याउने न्यौपाने र केसीबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो ।
रामेछापमा गत माघ २७ गते हुने भनिएको नेपाली काँग्रेसको जिल्ला सभापतिको निर्वाचन आज बिहान ९ बजेदेखि सुरु भएको थियो । माघ २६ गते पार्टीका सभापति सुशील कोइरालाको निधन भएपछि स्थगित भएको निर्वाचन शनिबार भएको हो । यस्तै, सचिवमा लेखबहादुर कार्की र कोषाध्यक्षमा कुमार श्रेष्ठ विजयी भइसक्नुभएको छ । रासस
No comments:
Post a Comment