Sunday, February 14, 2016

प्रमबाट मायादेवी मन्दिरको अवलोकन

बुटवल, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीस्थित मायादेवी मन्दिरको आज अपराह्न अवलोकन गर्दै लुम्बिनी विकास कोषका गतिविधिबारे जानकारी लिनुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, श्रम तथा रोजगारमन्त्री दीपक बोहरा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलको पनि सहभागिता थियो ।

उहाँहरुलाई कोषका उपाध्यक्ष भिक्षु निग्रोध र रुपन्देहीका प्रजिअ विष्णुप्रसाद ढकालले कोषको गुरुयोजना र हालसम्मका प्रगतिबारे अवगत गराउनुभएको थियो । विस्तृत समाचार पछि आउने छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts