Sunday, February 14, 2016

राष्ट्रिय छाला जुत्ता प्रदर्शनी

काठमाडौँ, २ फागुन । ‘कला कौशल राम्रो, नेपाली ब्रान्ड नै राम्रो’ नाराका साथ मङ्गलबारदेखि स्थानीय भृकुटीमण्डपमा पाँचौ राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी हुने भएको छ ।

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल छाला जुत्ता उत्पादक सङ्घको आयोजनामा सुरु हुने उक्त प्रदर्शनी एक सातासम्म सञ्चालन हुने छ । सो प्रदर्शनीमा उपभोक्ताले आफ्नो रोजाइअनुसारका जुत्ताचप्पल खरिद गर्न सक्ने सङ्घका अध्यक्ष जीवन नेपालीले जानकारी दिनुभयो । प्रदर्शनीमा उपभोक्ताले रु एकसयदेखि रु पाँच हजारसम्मका जुत्ताचप्पल किन्नसक्ने छन् ।

प्रदर्शनीमा काठमाडौँ उपत्यकाका ४० वटा जुत्ताचप्पल उत्पादक कम्पनीले आफ्ना उत्पादन बिक्रीका लागि राख्ने बताइएको छ । “मेलामा बिक्री हुने जुत्ताचप्पलको छ महिना ‘वारेन्टी’ र १५ देखि २५ प्रतिशतसम्म छुट दिइने छ” सङ्घका अध्यक्ष नेपालीले भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts