डडेल्धुरा, २४ माघ । नेपाली काँग्रेस डडेल्धुराको छैटौँ जिल्ला अधिवेशनबाट सभापतिमा कर्णबहादुर मल्ल पुनः निर्वाचित हुनुभएको छ ।
जिल्ला सचिवमा भने दुई उम्मेदवारको बराबर मत आएका कारण गोलाप्रथा गर्दा लक्ष्मी अवस्थी विजयी हुनुभएको छ । कोषाध्यक्षमा हरिप्रसाद अवस्थी तथा खुला सदस्यमा करुणाकर भट्ट, हेमराज चटौत, डिल्लीराज जोशी र अर्जुन मल्ल विजयी हुनुभएको छ ।
महिला सदस्यमा कमला विष्ट, पार्वतिदेवी झुकाल र मानकुमारी थापा विजयी हुनुभएको छ । त्यस्तै दलित सदस्यतर्फा चद्री टमाटा, आदिवासी जनजातितर्फ मानबहादुर बुढामगर र अल्पसङ्ख्यक÷अपाङ्गतर्फ बाजी लुहार विजयी हुनुभएको छ ।
यसैगरी महाधिवेशन प्रतिनिधिमा भीमबहादुर साउद, गोविन्द बोहरा, नैनसिंह महर, तारक बुढाऐर र हरिप्रसाद भट्ट विजयी हुुनभएको छ । यस्तै महिलातर्फ कौशिला भट्ट, दलिततर्फ नरभान कामी, आदिवासी÷जनजातितर्फ लोकेन्द्र गुरुङ, अपाङ्ग÷अल्पसङ्ख्यकतर्फ लोकराज भट्ट विजयी हुनुभयो । रासस
No comments:
Post a Comment