Sunday, February 7, 2016

‘लुम्बिनी : बुद्ध र बौद्धदर्शनको स्रोत’

काठमाडौँ, २४ माघ । सरकारले सिद्धार्थ गौतम बुद्धको दुई हजार ५२६ औँ जन्मजयन्ती तथा बौद्ध सम्मेलनका अवसरमा बौद्धधर्म मान्ने देशका संस्कृति मन्त्रीलाई निम्ता गर्ने भएको छ ।

आगामी वैशाख शुक्लपूर्णिमाका दिन मनाइने बुद्धजयन्तीलाई अन्तर्राष्ट्रियस्तरमा मनाउनका लागि बौद्धधर्म मान्ने देशका संस्कृतिमन्त्रीलाई निम्ता गर्ने सरकारको तयारी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बताउनुभयो ।

बुद्धजयन्ती व्यवस्थित रुपमा मनाउनका लागि आवश्यक तयारीका गर्न आज बसेको लुम्बिनी विकास कोषको बैठकमा कोषका अध्यक्ष पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा व्यापक प्रचारप्रसार र बुद्ध धर्मको महत्व र गरिमा वृद्धि गर्ने तथा सिद्धार्थ गौतमको जन्मभूमि लुम्बिनी नै भएको अन्तर्राष्ट्रियरुपमा जानकारी गराउने, बुद्ध धर्म र बौद्ध शिक्षाको अध्ययन, अनुसन्धान एवम् अन्वेषणको अन्तर्राष्ट्रिय केन्द्रका रुपमा नेपाललाई विकास गर्ने बुद्धजयन्ती तथा सम्मेलनको उद्देश्य रहेको बताउनुभयो ।

सोही उद्देश्यका साथ आगामी वैशाख शुक्लपूर्णिमाका दिन जेठ ८ गते मनाइने बुद्धजयन्तीलाई “लुम्बिनी, नेपाल ः भगवान् बुद्ध र बौद्धदर्शनको स्रोत’ भन्ने नाराका साथ मनाउन लागिएको छ । आगामी जेठ ६ र ७ गते अन्तर्राष्ट्रिय रुपमा बौद्ध सम्मेलन काठमाडौँमा र जेठ ८ गते बुद्धजयन्ती लुम्बिनीमा मनाउने सरकारको तयारी छ ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बुद्धजयन्ती मनाउन बौद्धधर्मसँग सम्बन्धित प्रतिष्ठित सङ्घसंस्थाका प्रतिनिधि तथा बुद्धधर्मका अनुयायी तथा विद्वान्को सहभागिता भई कार्यपत्र प्रस्तुत हुनेछ ।

मन्त्री पोखरेलको संयोजकत्वमा १०१ मूल आयोजक समिति बन्ने र अन्य उपसमिति समेत बनेर अघि बढ्ने मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो ।

मन्त्री पोखरेललेका अध्यक्षतामा बसेको कोषको बैठकले गत पुस १७ बुद्धजयन्तीलाई अन्तर्राष्ट्रिस्तरमा मनाउने निर्णय गरेपछि पुस २९ गतेको मन्त्रिस्तरीय बैठकले त्यसलाई अनुमोदन गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts