वीरगन्ज, २ फागुन । पत्रकारिताको माध्यमबाट सामुदायिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याएबापत ‘पूर्वाञ्चल दैनिक’ झापाका सम्पादक मदन ढकाललाई आज यहा“ ‘गोतामे पत्रकारिता पुरस्कार’बाट सम्मान गरियो ।
गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगन्जद्वारा आयोजित कार्यक्रममा ढकालका तर्फबाट उहा“का भन्जा कोसिस आचार्यलाई नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउ“लेले सम्मानपत्र तथा पदक प्रदान गर्नुभयो । चार दशकभन्दा लामो अवधिसम्म पत्रकारिता क्षेत्रमा सक्रिय रहनुभएका ढकाल स्वास्थ्य उपचारका क्रममा भारततर्फ रहेकाले उहा“का तर्फबाट आचार्यलाई प्रदान गरिएको हो ।
वीरगन्जका पत्रकार गोपालचन्द्र गौतमका स्मृतिमा २०६८ सालमा स्थापित सो पुरस्कारबाट प्रतिष्ठानले प्रत्येक वर्ष मोफसलका एक सञ्चारकर्मीलाई सम्मान गर्दै आएको छ । यसअघि पुरस्कारको राशि रु १५ हजार रहेकामा यस वर्षदेखि नगद राशिको सट्टा आधा तोला सुनको पदक प्रदान गरिएको छ ।
सो अवसरमा पूर्वअध्यक्ष गाउ“लेले मूल्यनिष्ठ पत्रकारिता आजको खा“चो रहेको बताउ“दै व्यावसायिक पत्रकारिताको विकासका लागि मोफसलका पत्रकारबीच एकता, समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् मध्यमाञ्चल संयोजक शीतलप्रसाद महतोले पत्रकारिता समाज र राष्ट्रप्रति जवाफदेही हुनुपर्ने बताउ“दै समावेशी लोकतन्त्रको मागसँगै नेपाली पत्रकारितालाई पनि समावेशी बनाउन महासङ्घ लागिपरेको जानकारी दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, पत्रकार एवम् प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोर र नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष श्याम बन्जारालगायतका वक्ताले पत्रकारिताको व्यावसायिक विकासमा जोड दिनुुभयो । रासस
No comments:
Post a Comment