Sunday, February 14, 2016

विश्वकै ठूलो मानवनिर्मित बुद्धआकृति प्रदर्शन

काठमाडौँ, २ फागुन । बुद्ध जन्मिएको देशबाट विश्वशान्तिको सन्देश दिन शनिबार टुँडिखेलमा मानवनिर्मित विश्वकै ठूलो बुद्ध आकृति प्रदर्शन गरियो ।

बुद्धभूमिबाट शान्तिको कामना गर्ने उद्देश्यले शनिबार कार्यक्रमको आयोजना गरिएको आयोजक बालबालिकाको स्वास्थ्य, शिक्षा, वातावरण अधिकारका लागि नेपाल (चियरअप नेपाल) ले पंक्तिबद्व मानव उभ्याएर बुद्धको चित्र निर्माण गरेको हो ।

सो आकृति निर्माणमा १० हजार युवा तथा विद्यार्थीको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष रिदम कार्कीले विश्वमा विभिन्न कारणले अशान्ति फैलिएको र त्यसको असर बालबालिकाको शिक्षामा परेकाले बुद्धमार्फत विश्वशान्तिको कामना गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो– “नेपाललगायत विश्वका विभिन्न देशमा अशान्तिका कारण बालबालिका र युवामा प्रत्यक्ष असर परिरहेको छ । भोलिको विश्व हाँक्ने कर्णधारको भविष्य कुनै पनि कारण खतरामा पार्नु हुँदैन ।”

साथै, विश्वशान्तिका दूत बुद्धको जन्म नेपालमै भएको हो भन्ने सन्देश पनि कार्यक्रमले दिन खोजेको संस्थाका सदस्य सुरज केसी बताउनुभयो ।

बालबालिकाका लागि स्वास्थ्य, शिक्षा र उचित वातावरणका लागि पनि संस्थाले कार्य गर्दै आएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts