Saturday, February 27, 2016

गाउँघर क्लिनिकलाई सामग्री हस्तान्तरण

सल्यान, १५ फागुन । यहाँका आठ गाविसमा रहेका २९ गाउँघर क्लिनिकलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

खलङ्गामा आज आयोजित कार्यक्रममा सुआहारा कार्यक्रमबाट जिल्ला स्वास्थ्य कार्यालय मार्फत करिब रु एक लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा लिनका लागि स्वास्थ्य चौकीसम्म पहुँच पुग्न नसकेका समुदायका लागि गाउँघर क्लिनिकमासामग्री प्रदान गरिएको सुआहारा कार्यक्रमका जिल्ला संयोजक पवन योगीले बताउनुभयो । जिल्ला स्वास्थ्य प्रमुख डा मनिषा रावलले यस्तो सहयोगले स्थानीय क्षेत्रमा क्रियाशील स्वास्थ्यकर्मीलाई काम गर्नका लागि ऊर्जा थपिने विश्वास व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts