Wednesday, February 24, 2016

स्वास्थ्य चौकी भवन निर्माण हुने

रामपुर (पाल्पा), १३ फागुन । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको गजरकोटमा स्वास्थ्य चौकीको भवन निर्माण हुने भएको छ ।

नेपाल सरकारको रु दुई करोड १८ लाख तीन हजारको लागतमा नयाँ बन्न लागेको स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ ।

नवनिर्मित स्वास्थ्य चौकीको भवन नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले भवन शिलान्यास गर्दै यस क्षेत्रका नागरिक अबका दिनमा स्वास्थ्य सेवाबाट टाढा रहन नपर्ने बताउनुभयो ।

चौबीस कोठासहितको नयाँ बन्ने भवनबाट ओपिडी, खोप, परिवार नियोजन, बर्थिङ सेन्टर, क्षयरोगजस्ता सेवा नागरिकलाई उपलब्ध गराइने स्वास्थ्य चौकी प्रमुख कृष्णप्रसाद रिमालले बताउनुभयो ।

यस क्षेत्रमा निर्माण हुन लागेको स्वास्थ्य चौकीबाट गजरकोट आसपासका करिब सात हजार जनता लाभान्वित हुने स्थानीयवासी रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts