काठमाडौँ, १३ फागुन । नेपाली काँगे्रसको आसन्न १३औँ महाधिवेशनको अवसरका नेपाल स्वास्थ्यकर्मी सङ्घ र नेपाल प्रजातन्त्रवादी चिकित्सक सङ्घले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएका छन् ।
नेपाल स्वास्थ्यकर्मी सङ्घका सहअध्यक्ष ओमप्रसाद उपाध्यायका अनुसार महाधिवेशनको उद्घाटनसत्र आगामी फागुन २० देखि २३ गतेसम्म निःशुल्क स्वास्थ्योपचार र औषधि पनि वितरण गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “महाधिवेशन उद्घाटनको दिन खुलामञ्चमा र बाँकी दिन भृकुटीमण्डपमा शिविर सञ्चालन हुनेछ ।”
नेपाल प्रजातन्त्रवादी चिकित्सक सङ्घका महासचिव डा मुक्तिराम श्रेष्ठका अनुसार शिविरमा बिहानबेलुका आठ÷आठजनाको डाक्टर, नर्ससहितको टिम खटाइनेछ ।
आकस्मिक अवस्थाका लागि दुईवटा एम्बुलेन्स पनि कार्यक्रमस्थलमा उपलब्ध रहने डा श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरमा महाधिवेशनमा भाग लिन आउने सहभागीले निःशुल्क स्वास्थ्य परीक्षण गराउन सक्नेछन् भने आवश्यक औषधि वितरणसमेत गरिने आयोजकले जनाएका छन् । रासस
No comments:
Post a Comment