सप्तरी, ४ फागुन । स्थगित भएको नेपाली काँग्रेस सप्तरीको छवटै क्षेत्रको अधिवेशन आजदेखि सुरु भएको छ ।
जिल्लाका छवटै क्षेत्रमा आज ११ बजेदेखि अधिवेशन सुरु भएको काँगे्रसले जनाएको छ ।
ती क्षेत्रमा अध्यक्ष पदका लागि क्षेत्र नं १ बाट ललन गुप्ता, आशाराम चौधरी, क्षेत्र नं २ बाट रामअवतार यादव, बद्री महत्मान, क्षेत्र नं ३ बाट रामकुमार यादव, महानन्द यादव, क्षेत्र नं ४ बाट भगवतीप्रसाद यादव, रामप्रसाद मण्डल, क्षेत्र नं ५ बाट उल्फत मिया, किरण भगत र क्षेत्र नं ६ बाट खगेन्द्र यादव र जीतेन्द्र यादवबीच प्रतिस्पर्धा हुने जिल्ला कार्यसमिति सदस्य उमेश मिश्रले बताउनुभयो ।
यसैबीच, काँग्रेस अधिवेशन भइरहेका छवटै क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
मधेसी मोर्चाले अवरुद्ध गरेपछि काँग्रेस सप्तरीले अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको थियो । रासस
No comments:
Post a Comment