Tuesday, February 16, 2016

तिनाउ नदी किनारामा विद्यार्थीको शव

तिलोत्तमा (रुपन्देही), ४ फागुन । तिनाउ खोलाको किनारामा आज एक विद्यार्थीको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार माथिल्लो सिद्धबाबा नजिकै तिनाउ खोलाको किरानामा बुटवलको सिसिटि कलेजमा अध्यनरत जिमिस्टी टन्डनको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले तिलोत्तमा नगरपालिका जानकीनगर बस्ने जिमिस्टी टन्डन हराएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा खोजी दिन फागुन २ गते परिवारले आग्रह गरेका थिए । टन्डनको आत्महत्या या हत्या भन्ने विषयमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

शवलाई परीक्षणका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts