इटहरी, १६ फागुन । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले देशमा आपूर्ति व्यवस्थालाई सहज र सरल तुल्याउनका लागि जिल्ला तथा केन्द्रीयस्तरबाट नै बजार अनुगमनलाई घनिभूत बनाउनका लागि सरकार कडारुपमा प्रस्तुत हुने चेतावनी दिनुभएको छ ।
उहाँले बजार असहज र कालोबजारी गर्ने भिडतन्त्रको कब्जामा गएकाले त्यसलाई चिर्नका लागि सरकारले केन्द्रीय तहबाट र जिल्लागतरुपमा पनि अनुगमन गर्ने कार्यलाई तीव्र बनाएर टोली परिचालन गर्न थालेको जानकारी दिनुभएको छ ।
पूर्वी नेपालीको बजारमा आपूर्ति सहज तुल्याउने उद्देश्यकासाथ साल्ट ट्रेडिङ, आयल निगम तथा ग्यास आपूर्ति गर्दै आएका ग्यास उद्योगको स्थलगत अनुगमन गर्ने क्रममा आज इटहरी आइपुग्नुभएका मन्त्री पुनले स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा व्यापारी व्यवसायीसँगको कुराकानीका अवसरमा सो कुरा बताउनुभएको हो । नाकाबन्दीपछिको वर्तमान बजारको अवस्था सहज तुल्याउनका लागि पनि सरकारले गम्भीररुपमा यो विषयलाई लिएर अघि बढिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
मन्त्री पुनले भन्नुभयो– “पूर्वी नेपालमा बसोबास गर्दै आउनुभएका सम्पूर्ण सेवाग्राही उपभोक्ता तथा व्यवसायीले प्रत्यक्ष अनुभूति गर्ने किसिमको आपूर्ति व्यवस्था नभएको गुनासो आइरहेका बेला मन्त्री पुनले त्यही समस्याको समाधानका लागि आफूले अनुगमन र छलफललाई तीव्र पारेको पनि स्पष्ट पार्नुभयो । इटहरीका व्यवसायी कृष्ण सापकोटाले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सहज इन्धन व्यवस्था नभएको गुनासो गर्नुभएको थियो । अन्य व्यवसायीलेसमेत सहज आपूर्ति व्यवस्थाका लागि सरकार गम्भीर नभएको गुनासो राख्नुभएको थियो ।
व्यापारी एवम् व्यवसायी र सर्वसाधारण उपभोक्ताको गुनासोको जवाफमा मन्त्री पुनले सरकार कालोबजारी नियन्त्रण गर्ने कुरामा कसैसँग सम्झौता गर्ने पक्षमा नरहेको र आपूर्तिलाई सहज र सरल तुल्याउनका लागि स्थानीय प्रशासनसँग घनिभूत छलफलमा केन्द्रितरहेको बताउनुभयो ।
नाकाबन्दी खुलेपनि अझै इन्धन तथा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति नभएकोप्रति गुनासो आइरहेकोतर्फ सरकार गम्भीर बन्दै छिमेकी मुलुक भारतको सिलिगुडीबाट शनिबार कम्तीमा ३५० केएल इन्धन आपूर्तिको व्यवस्था मिलाउन आयल निगमलाई आदेश दिइसकिएको मन्त्री पुनले जानकारी गराउनुभएको छ । रासस
No comments:
Post a Comment