पर्सा, ९ फागुन । नेपालका लागि वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासको मूल गेटमा आज नेकपा माओवादी ९मातृका० समूहका नेता कार्यकर्ताले धर्ना दिएका छन् ।
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएको अभियोगमा दिल्ली पुलिसले पक्राउ गरेका नेपाली विद्यार्थीको रिहाइको माग गर्दै वाणिज्य दूतावासको मूल गेटमा माओवादी नेता कार्यकर्ता धर्ना बसेका हुन् ।
नेकपा माओवादी पर्साका सेक्रेटरी शिवशङ्कर यादवको नेतृत्वमा धर्ना बसेका माओवादी नेता कार्यकर्तालाई पक्राउ गरिएका नेपाली विद्यार्थीलाई छाडिएको जानकारी वाणिज्य दूतावासले गराएपछि दूतावासको मूल गेटको अवरुद्ध हटेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । रासस
No comments:
Post a Comment