Friday, February 19, 2016

त्रिभुवनको सालिकमा माल्यार्पण

काठमाडौँ, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल समानान्तर समितिले ६६औँ प्रजातन्त्र दिवसका अवसरमा आज त्रिपुरेश्वरस्थित त्रिभुवनको सालिकमा माल्यार्पण गरेको छ ।

समितिको संयोजनमा विभिन्न सङ्घसंस्थाले राष्ट्रिय झन्डा सहित उक्त स्थानमा भेला भई सालिकमा माल्यार्पण तथा पुष्पगुच्छा चढाएका थिए ।

सो अवसरमा कार्यक्रमका संयोजक श्याम तिमिल्सिनाले नेपालमा प्रजातन्त्र स्थापना गर्न त्रिभुवनले राजगद्दीको बाजी लगाएर जनतासँग सहकार्य गरेको स्मरण
गर्नुभयो ।

सोही पार्टीका केन्द्रीय सदस्य सोनाम शाक्य, सपना अर्याल र दीपा खड्का, शिवसेनाका प्रतिनिधि रघु राजभण्डारी, शिरु भारद्वाजलगायतले राजा र जनताको साझेदारीबाट निरङ्कुश जहानियाँ राणाकालीन शासन व्यवस्थाको अन्त्य भएकाले प्रजातन्त्र दिवसका दिन त्रिभुवनको योगदानलाई भुल्न नहुने बताउनुभयो ।

सो समूहले हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको माग गर्दै त्रिभुवनको तस्बिरअङ्कित प्लाकार्ड, तुल लगायत प्रचार सामग्रीसहित त्यहाँबाट पदयात्रा गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts