Friday, February 19, 2016

काँग्रेस सभापतिमा चन्द विजयी

सल्यान ७, फागुन । नेपाली काँग्रेस सल्यानको सभापतिमा संस्थापन पक्षका गणेश चन्द निर्वाचित हुनुभएको छ ।

आज भएको सभापतिको निर्वाचनमा चन्दले २०७ मत प्राप्त गरी निर्वाचित हुनुभएको नेपाली काँग्रेस सल्यानले जनाएको छ ।

उहाँका प्रतिस्पर्धी केशबहादुर विष्टले १८९ मत प्राप्त गर्नुभएको थियो । कुल ३९८ मत खसेकोमा दुई मत बदर भएको थियो ।

यसअघि भएको निर्वाचनमा संस्थापन पक्षकै चक्र देवकोटा सचिव र जुद्धबहादुर बुढाथोकी कोषाध्यक्ष पदमा निर्वाचित भइसक्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts