काठमाडौँ,४ फागुन । नयाँ शिक्षा नीति निर्माणका लागि दुई हप्ताभित्र उच्चस्तरीय आयोग गठन गरिने भएको छ ।
डिल्लीबजारस्थित विजय स्मारक उमाविको हीरक महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रको सुधार र विकासका लागि नयाँ शिक्षा नीति आवश्यक रहेको र त्यसका लागि छलफल भइरहेको बताउनुभयो । यसै वर्षदेखि प्रवेशिका परीक्षाको लब्धाङ्कपत्रमा सुरु गर्न लागिएकोे अक्षराङ्क प्रणालीमा ‘डी’ र ‘इ’ श्रेणीमा आउने विद्यार्थीलाई प्राविधिक शिक्षामा लगाउन तयारी भइरहेको जानकारी उहाँले दिनुभयो ।
मन्त्री पोखरेलका अनुसार भूकम्पका कारण करिब आठ हजार विद्यालयको भौतिक संरचना तथा एक लाखभन्दा बढी विद्यार्थी प्रभावित भएकाले तीन वर्षभित्र नै विद्यालयको भौतिक संरचना निर्माण गरिने छ ।
उक्त विद्यालयका व्यवस्थापन समितिसँग सम्बन्धित प्रा डा सुरेशराज शर्मा, नीर शाह, विजयकुमार पाण्डेलगायतले विद्यालयबाट आफूले अँगालेको अनुभव र शैक्षिक गुणस्तरका लागि विद्यालयले पु¥याएको योगदानबारे बोल्नुभयो । सोही अवसरमा ‘विजयश्री’ स्मारिकाको विमोचन समेत गरियो । तत्कालीन प्रधानमन्त्री मोहनशम्शेरले आफ्ना छोरा विजयको सम्झनामा उक्त विद्यालयको स्थापना गरेका थिए । रासस
Tuesday, February 16, 2016
नयाँ शिक्षा नीतिका लागि दुई हप्ताभित्र आयोग गठन
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment