Saturday, February 20, 2016

एसएलसी दिने भूकम्पपीडित विद्यार्थीलाई पुस्तक वितरण

गोरखा, ८ फागुन । प्रवेशिका परीक्षा (एसएलसी) को तयारीमा जुटेका गोरखाको लाप्राकस्थित मणिकामदेवी माध्यामिक विद्यालयका भूकम्पपीडित विद्यार्थीलाई सहयोगी पुस्तक वितरण गरिएको छ ।

कक्षा १० मा पढ्दै आएका ५० जना छात्रछात्रालाई पाठ्यक्रम अनुसारका सहयोगी पुस्तक, अभ्यास पुस्तिका, सबै विषयका प्रश्नपत्रको सङ्गालो (टेनसेट), क्यालकुलेटर र ज्योमेक्ट्रिक बक्स हिजो उपहार दिइएको हो ।

‘पिपुल इन निड’ नामक गैरसरकारी संस्थाले भूकम्पपीडित विद्यार्थीको शिक्षामा सहयोग गरेको हो । संस्थाका कर्मचारी आशिष श्रेष्ठकाअनुसार भूकम्पले घर भत्किएपछि किताब, कापीलगायत सामग्री पुरिएका विद्यार्थीलाई प्रवेशिका परीक्षाको तयारीका लागि शैक्षिक सामग्री सहयोग गरिएको हो ।

किताव, कापीलगायतका सामग्री पाएपछि विद्यार्थी खुसी भएका छन् । छात्रा निरुता गुरुङले भन्नुभयो, ‘किताब चाहिएको थियो, किन्ने पैसा थिएन । संस्थाले दिएको पुस्तक पढेर परीक्षाको तयारीमा जुट्छु ।’ रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts