Tuesday, February 16, 2016

घुस लिँदै गर्दा सर्वेक्षक चौधरी पक्राउ

बुटवल, ४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आज भैरहवाबाट घुस लिँदै गर्दा एक कर्मचारीलाई रङ्गेहात पक्राउ गरेको छ ।

जिल्ला नापी कार्यालय भैरहवामा कार्यरत सर्वेक्षक नारायणप्रसाद चौधरीलाई अख्तियारको टोलीले सिद्धार्थनगर नगरपालिका–६ स्थित उनकै डेराबाट घुस लिएको रकम रु ४० हजारसहित नियन्त्रणमा लिएको अख्तियार सम्पर्क कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो ।

निजले रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–६ को (क) कित्ता नं ६१९ को जग्गा हाल साविक गर्न उक्त रकम घुसबापत लिएको र सुराकीका आधारमा पक्राउ गरिएको प्रमुख जोशीले जानकारी दिनुभयो ।

घटनाका बारेमा अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts