Tuesday, February 16, 2016

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेट

काठमाडौँ, ४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

आज साँझ शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा पुगी प्रधानमन्त्री ओलीले आफ्नो आसन्न भारत भ्रमण र समसामयिक विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी गराउनुभयो ।

उहाँहरुबीच प्रधानमन्त्री ओलीले यही फागुन ७ गतेदेखि गर्न लाग्नुभएको छिमेकी मित्र राष्ट्र भारतको भ्रमण र अन्य समसामयिक विषयमा कुराकानी भएको स्वकीय सचिव अधिकारीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts