Sunday, February 14, 2016

झाडापखालाबाट नाबालकको मृत्यु

दैलेख, २ फागुन । झाडापखालाबाट यहाँ दुई बालकको मृत्यु भएको छ भने १८ जना बिरामी परेका छन् ।

मृत्यु हुनेमा तोलीजैसी–८ नैन तिरुवाका सातमहिने नाति अञ्जल विक र मन्दिरे तिरुवाका आठमहिने नाति कृष्ण विक छन् । गए राति स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा उनीहरुको मृत्यु भएको तोलीजैसीका टेकबहादुर थापाले जानकारी दिनुभयो ।

झाडापखाला लागेका बिरामी आउने क्रम जारी रहेकाले झाडापखालाले महामारी लिन सक्ने डा विकास शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले १८ जनाको उपचार भइरहेको छ, बिरामी आउने क्रम जारी छ ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts