Saturday, February 13, 2016

प्रमको भ्रमणले नेपाल–भारत सम्बन्ध सुदृढ हुने : उपप्रम थापा

सुरुङ्गा (झापा), १ फागुन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले फागुन ७ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ हुने बताउनुभएको छ ।

राप्रपा नेपालका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री थापाले आज बिर्तामोडमा कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । नेपाल र भारत बीचमा विगतमा देखिएको तिक्तता र असमझदारी प्रधानमन्त्रीको भारत भ्रमणले अन्त्य गर्छ, मन्त्री थापाले भन्नुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र भारतबीचमा आर्थिक समृद्धिको साझेदारीको नयाँ चरण प्रारम्भ हुने उहाँको भनाइ थियो । कार्यक्रममा पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले पनि बोल्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts