Friday, February 12, 2016

आर्थिक विकासको गतिलाई अगाडि बढाउन सरकार लागेको छः अर्थमन्त्री

कावासोती, २९ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अधिकारका कुराको आन्दोलनबाट स्थापित भइसकेकाले अब आर्थिक विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
नवलपरासीको सुनवलमा आजदेखि सुरु भएको पश्चिमाञ्चलस्तरीय औद्योगिक तथा व्यापार मेलाको उद्घाटन गर्दै उहाँले देशमा राजनीतिक तहको क्रान्ति पूरा भएकाले आर्थिक विकासको गतिलाई अगाडि बढाउन सरकार लागिपरेको जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो– “आर्थिक विकासका लागि निजी क्षेत्रलाई आकर्षण गर्न सरकारले काम गरिरहेको छ ।”

मेलाको उद्घाटनमा सांसद एवम् एमाले केन्द्रीय सदस्य बैजनाथ चौधरी, नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष भवानी राणा, केन्द्रीय सदस्य गुणनिधि तिवारीलगायतले बोल्नुभएको थियो । मेलामा नेपाल, पाकिस्तान, भारतदेखिका व्यापारीका गरी करिब ३०० कक्ष छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts