Thursday, February 11, 2016

कृषि मेलाः हेल्पर इन्टरनेसनल, सुनगाभा कृषक समूह र बुटवल अटोमोबाइल उत्कृष्ट

बुटवल, २८ माघ । बुटवल उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ, कृषि उद्यम केन्द्रको आयोजनामा बुटवलमा सञ्चालित कृषि मेलामा सहभागी कक्षमा हेल्पर इन्टरनेसनल प्रथम, सङ्कल्प कोसेली घर द्वितीय र बिजी ग्रुप तृतीय भएका छन् ।
यही माघ २२ गतेदेखि बुटवलमण्डपमा सञ्चालित मेलामा कृषि औजार, कृषि प्रविधि, कृषिउपज, बीउबिजन तथा वैकल्पिक ऊर्जाका १३२ कक्ष थिए । यसैगरी विधागतमा बीउबिजनतर्फ सुनगाभा कृषक समूह रोल्पा प्रथम, लुम्बिनी सिड कम्पनी भैरहवा द्वितीय, पानीट्यांकी बीउ समूह थोर्गा तृतीय तथा कृषि औजार र प्रविधितर्फ बुटवल अटोमोबाइल प्रथम, शिवसागर एग्रो द्वितीय र अर्सफिया इन्टरनेसनल तृतीय भएका छन् ।

मेला समापनका अवसरमा वक्ताले कृषिको व्यवसायीकरण र आधुनिकीकरण नगरेसम्म मुलुकको आर्थिक विकास सम्भव नभएकाले सरकारले कृषिमा लगानी बढाउन विशेष ल्याउनुपर्नेमा जोड दिए । उनीहरुले आयातमुखी कृषिलाई निर्यातमुखी बनाउन निजी क्षेत्रबाट आयोजना हुने मेला महोत्सवसमेत फलदायी हुने बताए ।

सो अवसरमा महासङ्घका उपाध्यक्ष किशोर प्रधानले मुलुकमा भएको स्रोत साधनको उपयोग गरी कृषिमा आत्मनिर्भर बनाउन सरकारलाई स्पष्ट नीतिसहितका कार्यक्रम अघि सार्न आग्रह गर्दै निजी क्षेत्र लगानीका लागि तयार रहेको बताउनुभयो । खेतीयोग्य भूमिलाई बाँझो राख्न नदिन सम्झौता खेतीको व्यवस्था गर्नुपर्ने र अहिले भइरहेको कसैको जग्गा जोत्दैमा जमिनमाथि मोहियानी हक लाग्छ भन्ने त्रास हटाउनुपर्ने सुझाव पनि उहाँले दिनुभयो । रासस
––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts