Monday, February 22, 2016

ह्विल चियर प्रदान

काठमाडौँ, ११ फागुन । राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजले अपाङ्गता भएका व्यक्तिलाई आज बिहान ह्विल चियर प्रदान गरेको छ ।

समाजले प्रजातन्त्र दिवसको अवसरमा ५० जनालाई ह्विल चियर, कम्प्युटर तथा सीपमूलक तालिमसमेत प्रदान गरेको हो ।

सांसद चन्द्रादेवी जोशीले उक्त संस्थाबाट वितरण गरिएका ह्विल चियरले अपाङ्गता भएका व्यक्तिलाई हिँडडुल तथा आवतजावत गर्न सहयोग पुग्ने बताउँदै उनीहरूलाई व्यावसायिक सीप, ज्ञान तथा अवसर प्रदान गरेमा ती समुदायले पनि समाजको विकासमा योगदान गर्न सक्ने बताउनुभयो ।

समाजका अध्यक्ष राकेश हमालले आफ्नो संस्थाले विभिन्न दातृ निकायसँग समन्वय गरी समय समयमा अपाङ्गता भएका व्यक्तिलाई देशका विभिन्न स्थानमा पुगेर सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

नेपाल नेत्रहीन सङ्घका कोषाध्यक्ष सुगम भट्टराईले अब बन्ने नयाँ संरचना निर्माण गर्दा अपाङ्गमैत्री बनाउनुपर्नेमा जोड दिँदै यस किसिमको सहयोगलाई काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रमा सीमित नराखी बाहिरसमेत पु¥याउनुपर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts