Monday, February 22, 2016

महिला–पुरुष समान ज्याला

मलेखु (धादिङ), ११ फागुन । गाउँमा काम गर्दा थोरै ज्याला पाउने हुँदा महिलाको काममा न्यून सहभागिता हुने गरेकामा गैरसरकारी निकायले बराबरी ज्याला दिने नियम लागू गरेपछि अहिले सहभागिता बढ्न थालेको छ ।

गाउँमा बाटो बनाउन, सिँचाइ कुलो मर्मत गर्न, पहिरो रोकथाम गर्नका लागि उत्तरी धादिङको गाउँमा महिलाको सहभागिता बढी देखिएको हो । सहयात्री समाजले केयर नेपालको साझेदारीमा बसेरी, बुढाथुम, मूलपानी, फूलखर्क, आगिनचोक र सल्यानटार गाविसमा कामका लागि नगद कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा सहभागीमध्ये महिलाको सङ्ख्या आधाभन्दा बढी रहेका समाजका कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी दिनुभयो ।

एक एक जनाका दरले काम गर्ने गरी सो कार्यक्रममा सहभागी गराइने र सबैभन्दा गरिब परिवार छानेर यस्तो कार्यक्रम गरी ज्याला उपलब्ध गराइने भएपछि महिलाको सहभागिता बढेको कार्यक्रम सञ्चालन गरिरहेको बताइएको छ ।

पहिले गाउँमा पुरुषले काम गर्दा दैनिक रु ५०० र महिलाले त्यही काम गर्दा रु ३०० ज्याला पाउने गर्थे । सामाजिक परिचालक शोभा कोइरालाका अनुसार बाटो र कुलो मर्मत वा पहिरो रोकथामका लागि काम गर्दा महिला वा पुरुषले रु ५२५ ज्याला र दैनिक खाजाका लागि रु १७५ खर्च पाउँछन् । यसरी दिइने ज्यालामा समानता भएकाले महिलाको सहभागिता बढेको बुढाथुम गाविसकी सुनु नेपालीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts