Friday, February 26, 2016

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कालीकोटमा आज भएको काष्ठमण्डप एयरको विमान दुर्घटनामा परी चालक र सहचालकको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीका तर्फबाट उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले आज विज्ञप्ति प्रकाशन गरी मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले शोकको यस घडीमा मृतकका आफन्तजन र परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्रीले दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गर्न र शीघ्र स्वास्थ्योपचारको व्यवस्था मिलाउन सम्बन्धिन निकायलाई निर्देशन दिँदै उनीहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts