Friday, February 26, 2016

‘भविष्यको बाटो’

काठमाडौँ, १४ फागुन । नेपाल जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा जापानी कलाकारले नेपाल कला परिषद्मा आजदेखि कला प्रदर्शनी गरेका छन् ।
जापानी दूतावास र जापानिज फाउन्डेसनको आयोजनामा ‘प्यासेज टु द फ्युचर’(भविष्यको बाटो) नाम दिइएको कला प्रदर्शनी यही फागुन २५ गतेसम्म चल्नेछ । विभिन्न ११ कलाकारले निर्माण गरेका विभिन्न चित्र तथा आधुनिक कलात्मक विम्बका प्रतीकले प्रदर्शनीलाई आकर्षक बनाएको छ । प्रदर्शनीमा ४२ चित्र छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले प्रदर्शनीको उद्घाटन गर्दै यस किसिमको प्रदर्शनीले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
नेपालका लागि जापानका कावा राजदूत सिन्या माचिडाले दुवै देशको सदियौ पुरानो सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै दुई देशको शिक्षा तथा संस्कृतिलाई आदानप्रदान गर्न सकेमा सद्भाव वृद्धि हुने बताउनुभयो ।
जापानी दूतावासका प्रशासक ईश्वरी भट्टले यसअघि सो प्रदर्शनी ब्रुनई र चीनमा भइसकेको तथा यसपछि कतारमा गरिने जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts