Tuesday, February 16, 2016

ठगी गर्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौँ, ४ फागुन । रोजगारीको लागि जापान पठाई ठगी गर्ने कन्सलटेन्सीका सञ्चालक गोरखा जिल्ला खरिबोट गाविस घर भई काठमाडौँ गाँेगबुमा ‘आरडिसी एजुकेसन कन्सल्टेन्सी’ का सञ्चालक सोमराज घलेलाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखा हंसपुर गाविसका गणेश अधिकारीलाई जापानमा चाउचाउ कारखानामा आर्कषक तलबमा काममा लगाई दिने भनी प्रलोभन देखाई रु ११ लाख ५० हजार रकम लिई जापान पठाएका थिए ।

अधिकारी जापान गइसकेपछि काम पाउनुको सट्टा करिब एक महिना त्यहाँको जेलमा परी आफ्नो खर्चमा नेपाल फिर्ता आएपछि विदेशमा पठाई अलपत्र पारी ठगी गर्ने व्यक्तिलाई कारबाही गरी पाऊँ भनी महानगरीय अपराध महाशाखामा दिएको जाहेरीको आधारमा घलेलाई महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार गोँगबुबाट पक्राउ गरेको हो ।

महाशाखाले पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts