Sunday, February 14, 2016

संविधान कार्यान्वयनमा जोड

काठमाडौँ, २ फागुन । विभिन्न राजनीतिक दलका नेता तथा सभासद्ले नयाँ संविधानमा समावेश उत्पीडित समुदायको अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

समता फाउन्डेशन र दलित नागरिक समाजद्वारा यहाँ आज आयोजित ‘नयाँ संविधानमा दलित अधिकार र कार्यान्वयनको सवाल’ विषयक पैरवी–संवादमा उहाँहरूले दलित, महिला, मधेसी, मुस्लिमलगायत युगौँदेखि उत्पीडित पारिएको समुदायको अधिकारलाई कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् मीन विश्वकर्माले दलित समुदायको सवालमा नयाँ संविधानमा समावेश अधिकारलाई कार्यान्वयन गर्न दलित समुदाय नै सक्रिय हुनुपर्ने बताउनुभयो ।

नेकपा (एमाले)का नेता तथा सभासद् जीतु गौतमले सरकारले नयाँ कानुन बनाउने तयारी गरिरहेको अवस्थामा दलित समुदाय सचेत र एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

दलित आन्दोलनका अगुवा पदम सुन्दासले नयाँ संविधानमा समावेश दलित समुदायको सवालमा कानुन बनाएर लागू गरिनेजस्ता प्रतिबद्धात्मक शब्दलाई संशोधनमार्फत हटाउनुपर्ने माग गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts