Wednesday, February 24, 2016

माग सम्बोधन नगरे आन्दोलन

माग सम्बोधन नगरे आन्दोलन

वीरगन्ज, १३ फागुन । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेस आन्दोलनका क्रममा भएको दमन र मानवअधिकार उल्लङ्घन घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाउनुपर्ने बताउनुभएको छ ।

सो पार्टीद्वारा बुधबार आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्तासँगको छलफल कार्यक्रममा उहा“ले मधेसकेन्द्रित दलहरुले उठाएका मागलाई सम्बोधन नगरेसम्म सशक्त आन्दोलन जारी राख्ने बताउनुभयो ।

अध्यक्ष झाले अहिले आन्दोलनको स्वरुपमात्र परिवर्तन गरिएको छ भन्दै आन्दोलनको थप कार्यक्रमबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको छिट्टै बस्ने बैठकले निर्णय गर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यविधि र कार्यक्षेत्र स्पष्ट नभएसम्म संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले त्यसमा सहभागिता जनाउ“दैन, उहा“ले भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts