पथरी (मोरङ), १३ फागुन । फागुन २२ गते पूर्वाञ्चलस्तरीय जनसभा सम्पन्न गर्ने विषयमा आधारित हुँदै नेकपा (एमाले) मोरङका क्षेत्रीय बैठकको आयोजना गरिने भएका छन् ।
जिल्ला पार्टी अध्यक्ष महेश रेग्मीले दिनुभएको जानकारीअनुसार आज क्षेत्र नं १ र ४ को बैठक गरिने भएको छ ।
त्यसैगरी, भोलि फागुन १४ गते ५, ६ र ७ नं क्षेत्रका बैठक सम्पन्न गरिनेछ । त्यसपछि बाँकी क्षेत्रको पनि बैठक अविलम्ब गरिने छ ।
त्यसपछि फागुन १५ गतेदेखि ‘२२ गते सहिद मैदान जाऔँ’ भन्ने सन्देश प्रवाहका लागि घरदैलो कार्यक्रम सञ्चालन गरिने अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । फागुन १७ गते लोकतान्त्रिक मधेसी सङ्गठनको जिल्ला भेला आयोजना गरिने भएको छ ।
पार्टी कार्यालय, पाञ्चालीमा बुधबार अध्यक्ष महेश रेग्मी, केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठलगायत अगुवा कार्यकर्ताहरूको भेलाले बैठकसम्बन्धी योजना बनाएको हो । त्यसैगरी, फागुन २१ गते पार्टी कार्यालय पाञ्चालीबाट विराटनगरस्तरीय मोटरसाइकल ¥यालीको आयोजना पनि गरिने भएको छ । रासस
No comments:
Post a Comment